सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भगवानको फोटो भएको पत्रिकामा बेरेर मासु बेचेको आरोपमा एक जना पक्राउ

भगवानको फोटो भएको पत्रिकामा बेरेर मासु बेचेको आरोपमा एक जना पक्राउ

साझा पोष्ट
मंगलबार, असार २१ २०७९
  • images
    भगवानको फोटो भएको पत्रिकामा बेरेर मासु बेचेको आरोपमा एक जना पक्राउ
    images
    एजेन्सी। भारत उत्तर प्रदेशका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । देवी देवताको फोटो भएको कागजमा मासु बेचेको आरोपमा उत्तर प्रदेशको सम्भल जिल्लाका महक रेष्टुरेन्टका मालिक ५८ वर्षीय तालिब हुसेन नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनी महक रेस्टुरेन्टका सन्चालक हुन् । उनले भगवानको फोटो भएको पत्रिकामा बेरेर मासु बेचेको आरोप छ । हुसेनले हिन्दु देवीदेवताका फोटो भएको पत्रिकामा राखेर मासु बेचिरहेको भेटिएको थियो । त्यो कार्यले हिन्दु धर्म मान्नेहरुको भावनामा चोट समेत पुगेको छ । तालिब हुसेनलाई पक्रेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार