सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

श्रीलंकामा बढ्दो संकट : राष्ट्रपति निवास कब्जा गरे लगत्तै प्रधानमन्त्रीको घरमा आगजनी 

श्रीलंकामा बढ्दो संकट : राष्ट्रपति निवास कब्जा गरे लगत्तै प्रधानमन्त्रीको घरमा आगजनी 

साझा पोष्ट
शनिबार, असार २५ २०७९
  • images
    श्रीलंकामा बढ्दो संकट : राष्ट्रपति निवास कब्जा गरे लगत्तै प्रधानमन्त्रीको घरमा आगजनी 
    images
    काठमाडौं । श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । राष्ट्रपति भवन कब्जा प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा आगो लगाई दिएका छन प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा तोडफोड गर्दै आगो लगाइदिएका हुन । विक्मासिङ्घेले आजै आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए । यसअघि  असन्तुष्टि राजापाक्षत्रको परिवार र तिनका पार्टी नेता लक्षित हुँदै आएको थियो । तर आज उनीहरुले प्रधानमन्त्री विक्रमासिंघेलाई पनि निशाना बनाएका छन । यसअघि आजै प्रदर्शनकारीहरू राष्ट्रपति गोटावाया राजापाक्षको निजी निवासमा प्रवेश गरी कब्जा गरेको थिए ।  प्रदर्शनकारीहरूले निवास घेरे लगत्तै राष्ट्रपति राजापाक्षे भागेका थिए । । निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका छन् । यद्यपि उनलाई अज्ञात र सुरक्षित स्थानमा सारिएको बताइएको छ ।सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ खेल्नुका साथै चिया पिइरहेको दृश्य देखिएको छ । राष्ट्रपतिको राजीनामा माग गर्दै उठेको प्रदर्शन हिंसात्मक बन्दै गएको हो। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले ुपुलिस ब्यारिकेडु साथै राष्ट्रपति कार्यालयको गेट तोडफोड गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार  यस वर्षको सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक हो । जहाँ प्रदर्शनकारीहरूले श्रीलंकाको राष्ट्रिय झण्डा प्रदर्शन गर्नुका साथै राष्ट्रपति सरकार विरोधी ब्यानर देखाएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन रोकिएको छैन । सेना र प्रहरीले भीड नियन्त्रणमा लिन संयुक्त रुपमा प्रयास गरे पनि भीड अनियन्त्रित बन्दै गएको छ । यस क्रममा सुरक्षाकर्मीले थुप्रै अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर पनि गरेको छ । प्रहरीले कर्फ्यू लगाए पनि प्रदर्शनकारीहरू त्यसको अवज्ञा गर्दै सडकमा उत्रिएका हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार