सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

श्रीलंकाका राष्ट्रपति राजपाक्षेको राजीनामा

श्रीलंकाका राष्ट्रपति राजपाक्षेको राजीनामा

साझा पोष्ट
आइतबार, असार २६ २०७९
  • images
    श्रीलंकाका राष्ट्रपति राजपाक्षेको राजीनामा
    images
    एजेन्सी । गोटाबाया राजपाक्षे गोटाबाया राजपाक्षेले पदबाट राजीनामा दिने भएका छन् । राजपाक्षेले आगामी जुलाई १३ तारिखमा राजीनामा दिने भएका हुन् । उनले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई राजीनामा बारे जानकारी गराएका छन् । राष्ट्रपति गोटाबायाले सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । श्रीलङ्काका विभिन्न राजनीतिक दलहरुले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि त्यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् । प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग त्यहाँका राजनीतिक दलहरुले संसदमा गरिरहेका थिए । सोही मागका आधारमा उनीहरुले पद त्याग गर्ने निर्णय गरेको बताइएको छ । उता शनिबार नै राष्ट्रपति गोटबाया र प्रधानमन्त्रीको निवास र कार्यालयमा प्रदर्शनकारीहरु प्रवेश गरेका थिए । उनीहरुले प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी समेत गरेका छन् । राष्ट्रपति गोटाबायाले पनि शनिबार नै आफ्नो सरकारी निवास छोडेका त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार