सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जापानका पूर्व प्रधानमन्त्री आबेको आज अन्तिम संस्कार हुँदै

जापानका पूर्व प्रधानमन्त्री आबेको आज अन्तिम संस्कार हुँदै

साझा पोष्ट
सोमबार, असार २७ २०७९
  • images
    जापानका पूर्व प्रधानमन्त्री आबेको आज अन्तिम संस्कार हुँदै
    images
    काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिदैंछ । गत शुक्रबार एक चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली हानेर उनको हत्या गरिएको थियो ।जापानको नारा शहरमा चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेलाई ४१ वर्षीय जापानी नागरिक तेत्सुया यामागामीले पछाडिबाट गोली हानेका थिए । गोली लागेर भुईंमा लडेका आबेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।   प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । हत्याको कारण खुलेको छैन । अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार प्रार्थना सभा राखेको थियो । सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदा पनि सहभागी भएका थिए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार