सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

केपी ओलीको वाम एकता विरोधी र झुटो अभिव्यक्ति

केपी ओलीको वाम एकता विरोधी र झुटो अभिव्यक्ति

साझा पोष्ट
आइतबार, साउन १ २०७९
  • images
    केपी ओलीको वाम एकता विरोधी र झुटो अभिव्यक्ति
    images
    हिजो (शनिवार ) नेचिफ्स भन्ने सँस्थाले "नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो " विषयमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा म पनि सहभागी थि‍एँ ।त्यहाँ मैले नेपालका वामपन्थी शक्तिहरुले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीति -प्रयत्नलाई नै निरन्तरता दिने हो भने वामपन्थी आन्दोलन नै धराशायी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त्त बन्ने खतरा बढाउने भएकाले वामपन्थी शक्तिहरुबीचको तालमेल, मोर्चा र एकताको आवश्यकता रहेको औंल्याएको थिएँ । त्यसक्रममा मैले सबै सम्बन्धित पार्टी र नेताहरुलाई देश,जनता र वाम आन्दोलनलाई केन्द्रविन्दुमा राख्दै विनम्रतापुर्बक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेको थिएँ। त्यही कार्यक्रममा पछि बोल्दै नेकपा (एमाले) का अध्यक्ष क• के पी ओलीले को छ अरु वामपन्थी पार्टी ? भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो ।  क • ओलीले प्रम हुँदा संविधानको प्रावधान विरुध्द प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वशनीयता   ( क्रेडिबिलिटी ) माथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यसप्रकारको अभिब्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन । यसले अहं त तुष्टी गर्ला, तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पु-याउने छैन । त्यसक्रमा मैले आम नेता,कार्यकर्ता र बुध्दिजीवीहरुलाई 'आफ्नो पक्ष ' को अन्धतापूर्वक समर्थन र वकालत गर्ने वकील जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बनौं र ठीकलाई ठीक बेठीकलाई बेठीक भन्ने साहस तथा सँस्कृति प्रदर्शन गरौं भन्ने अपील पनि गरेको थिएँ। मैले आत्मालोचक भई वाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकील जस्तो मात्र नहुन उपरोक्त अपील गर्दा समेत हलमा उपस्थित सहभागीहरुले कर्तल्ध्वनीका साथ ताली बजाएर समर्थन गर्नुभएको थियो । तिनै सहभागीले क• ओलीले अहँकारको प्रदर्शन गर्दै वामएकतामा ठेस पुग्ने गरी बोल्दा पुन: अझ जोडले ताली बजाउनुभयो ।यसले वाम तालमेल र एकतालाई सहयोग पु-याँउछ त ? पु-याउँदैन । हामी कहिले सच्चिने होला ? गंभीरतापूर्वक सोचौं ।   क•केपी ओलीले म पछि बोल्दै एमसीसी सम्झौता अरुले जस्तो गुपचुप राख्नु भन्दा राष्ट्रिय बहस होस् भनेर संसदमा पेश गरेको तर्क गर्नुभयो । यो सत्य होइन । वास्तविकता यस्तो छ :एमसीसी सम्झौतालाई त्यसमा समावेश गरिएको प्रावधान अनुसार नेपालको घरेलु ऐन भन्दा माथिल्लो हैसियतमा राख्न नेपालको संधि ऐन अन्तर्गत प्रतिनिधिसभा पारित गर्नु आवश्यक भएकोले एमसीसी अमेरिकाले संझौतामा हस्ताक्षर गर्दाको क्षणदेखि नै संसदबाट अनुमोदनका लागि दवाव सहित अनुरोध गर्दै आएको थियो । तर त्यो संभव भैरहेको थिएन । पछिल्लो पटक क • केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो । क• केपी ले सोही कार्यक्रममा एमसीसी अनुमोदनको प्रस्ताव पारित गर्ने उदेश्यले आफुले संसदमा नलगेको पनि बताउनुभयो ।उहाँले संसद कमजोर भएकाले त्यो पारित ग-यो ।त्यसैले त्यसमा आफ्नो कुनै दोष वा कमजोरी छैन भन्नुभयाे। यो पनि सत्य होइन । किनकी उहाँले हाम्रो तात्कालिक पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को केन्द्रीय समिति लगायतका बैठकहरुमा 'एमसीसी विशुध्द आर्थिक विकासको परियोजना हो र यसमा कुन राष्ट्रिय सार्वभौमिकता एवं राष्ट्रिय हित प्रतिकुलका प्रावधान छैनन्' भन्नुभएकाे थियाे।   पछि एमसीसी संददबाट अनुमोदन गरिनु भन्दा केही दिन अघि मात्र पनि हाम्रो पार्टीका अध्यक्ष क• प्रचण्ड , म लगायत केही कमरेडहरु उहाँलाई 'एमसीसी अनुमोदनलाई संसदबाट मिलेर असफल पारौं र नयाँ गठबन्धन बनाएर अघि बढौं' भन्ने प्रस्ताव लिएर गएका थियौं । उहाँले त्यसबेला पनि 'एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरितका कुनै प्रावधान नरहेकाले यो त्यस्तो विषय होइन' भनेर जोड दिनुभएको थियो ।हाम्रो द्विपक्षीय वार्तामा नेकपा (एमाले ) का अन्य ३ जना उच्चस्तरीय नेताहरु पनि सामेल हुनुहुन्थ्यो । उहाँहरु अर्को छुट्टै कारण देखाएर मतदानमा सहभागी हुनुभएन । त्यो अलग्गै विषय हो ।   फेरि पनि म भन्छु , 'राजनीति ' लाई ब्यक्ति वा समूह स्वार्थ केन्दृत धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो ।त्यसका निम्ति सम्बन्धित सबैले गंभीर आत्म -आलोचक भाव सहित इमान्दार अग्रसरता देखाउनु पर्छ।बेलैमा बुध्दि पु-याऔं,नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ ।त्यसबेला पछुतो मात्र बाँकी होला कि ! समयमै सोचौं ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार