सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मन्त्रीले शिवालयमा पानी चढाउन आदेश दिएपछि ..

मन्त्रीले शिवालयमा पानी चढाउन आदेश दिएपछि ..

साझा पोष्ट
शनिबार, साउन ७ २०७९
  • images
    मन्त्रीले शिवालयमा पानी चढाउन आदेश दिएपछि ..
    images
    एजेन्सी । भारतको उत्तराखण्ड राज्यकी महिला सशक्तिकरण तथा बाल विकास मन्त्री रेखा आर्य अहिले आफ्नो आदेश र बयानका कारण चर्चामा आएकी छन् ।  विभागका सबै कर्मचारी, अधिकारी र कार्यकर्ताहरूलाई शिवालयमा पानी चढाउन आदेश दिएपछि उनी चर्चामा आएकी हुन् । यसअघि उनको विभागले बरेलीमा मन्त्रीको निजी निवासमा हुने धार्मिक कार्यक्रममा सहभागी हुन आधिकारिक आदेश पनि जारी गरेको थियो। यस विषयमा विवाद हुँदा रेखा आर्यले आफूले मन्दिरमा बन्दुक लिएर आउन कसैलाई नभनेको बताइन् । मन्त्री रेखा आर्यले साउन २० गते पत्रकार सम्मेलन गरी लैङ्गिक असमानता विरुद्ध हरिद्वारमा कन्वर यात्रा निकाल्ने घोषणा गरेकी थिइन् । उनको तर्फबाट सोही दिन आदेश जारी भएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार