सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमाले बाहेकको कम्युनिस्ट एकताः कम्युनिस्ट सिध्याउने खेल

एमाले बाहेकको कम्युनिस्ट एकताः कम्युनिस्ट सिध्याउने खेल

साझा पोष्ट
शुक्रबार, साउन १३ २०७९
  • images
    एमाले बाहेकको कम्युनिस्ट एकताः कम्युनिस्ट सिध्याउने खेल
    images
    आज देशको आवश्यकता नेकपा एमाले सहितको वामपन्थी एकता हाे। राष्ट्र र राष्ट्रियताकाे अलिकति पनि माया छ भने आफुलाई कम्युनिष्टकाे पहिचानमा राख्न खाेज्ने नेताहरूले विगतमा बलियो शक्तिकाे रुपमा उदाएका कम्युनिस्टहरुलाई फुटाएर आजको अवस्थामा पुर्‍याउने शक्तिहरु काे हुन्  ?तिनीहरूकाे पहिचानगर्नु आवश्यक छ। "कम्युनिस्ट लडाउ आफ्नो शक्ति बढाउ" नेपालमा लुट्न पल्केका बिदेशीहरुकाे याे चालबाजी शुरुदेखि हालसम्म जारीछ । विदेशीहरुकै चालबाजीले दुई दुईपटक दुईतिहाईकाे कम्युनिष्ट सरकार रहेको संसद भँग भयो। ०७४ काे निर्वाचनमा पहिलो शक्तिमा रहेको कम्युनिस्ट पार्टी स्थानीय  निर्वाचनमा दाेस्राे शक्तिमा झर्‍याे। आज फेरि कम्युनिस्टहरुलाई पुन: शक्तिमा आउन नदिन र कहिल्यै बहुमतमा पुग्न नदिन स्वदेश र विदेशबाटै पनि ठूलो चलखेल भईरहेकाेछ। एमाले बाहेकको वामपन्थी एकताको नारा किन आउँदैछ ?सबैभन्दा बलियो कम्युनिस्टश क्तिलाई अलग गरेर बाँकी एक ठाउँ हुने याे कस्तो वामपन्थी गठबन्धन हाे ? एमालेलाइ अलग पारेर बनाउने गठबन्धनकाे मत र एमालेको मत सर्वेक्षण गरेर हेर्नुस् गठबन्धनकाे भन्दा एमाले एक्लैकाे मत कैयौं गुना माथि छ। एउटा मार्क्सवादी कम्युनिस्टले झुठाेबाेल्दै जालझेल र षडयन्त्र गर्दैन। अनि जनताकाे अगाडि सत्य कुरा नभनेर किन एमाले बाहेककाे गठबन्धन भनेर हिड्ने ? आजको नेपालकाे समाजवादकाे मुख्य बाधक शत्रु काे हाे ? एमाले हाे कि दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हुन् ? समाजवादी केन्द्र बनाउन अगाडी आउने पार्टीहरुकाे आजको नेपालकाे वर्गबारेको दृष्टिकोण केहाे ? यस्ता कुरा स्पष्ट नपारी "समाजवाद बहुवा धिरे धिरे आई"भनेर इन्दिरा गान्धीले बांडेकाे समाजवाद जस्तो समाजवाद अब किन र केकाे लागि? याे हिजोको एमाले हैन। काङ्ग्रेस बलियो शक्तिमा आएको बेलाको एमाले हाे। कम्युनिष्टलाई अलग राखेर गरिने गठबन्धन कस्काे लागि केकाे लागि के परिणाम निकाल्नकाे लागि आफ्नो रि स मार्नकाे लागि हाेकि विगतको रिस फेर्नकाे लागि ?गठबन्धनकाे नाराअघिसार्नेले पहिले याे कुरा स्पष्ट गर्नु पर्‍याे। एकजना दार्शनिकले भनेकाछन्-" विगत क्यान्सिल भैसकेको चेक हाे भने भविष्य उधारो तमसुक हाे जीवन भनेको वर्तमान हाे तिमी विगत र भविष्यकाे चक्करमा नफस वर्तमानलाई समाउ ।" यी दार्शनिकले भने जस्तै नेपालका कम्युनिस्ट पार्टीका नेताहरू यस्तै विगतका इर्स्याका आपसी विवादका चक्कर चेसहरु र बदलाकाे भावना टाउकोमा बाेकेर हिडेका छन भने कतिपय कम्युनिस्ट नेताहरू कुर्सीकाे लाेभले फेरि आधा-आधा खान पाउँछुकि भनेर टाउकाेमा भविष्यकाे उधारो तमसुक बाेकेर अहाेरात्र कुदिरहेका छन्। यस्तो दाैडमा कम्युनिस्टहरुकाे लागि सधैं त्यहीँ विगत दाेहाेरिनेछ। नेपालकाे दिनहुँ बदली रहेको राजनीतिक परिस्थितिले हामीलाई के सङ्केत गरिरहेकाेछ भने नेपालमा दिनहुँ बाह्य हस्तक्षेपकाे खतरा बढीरहेको छ। नेपालकाे सम्बन्धमा कहिले दिल्लीले भएभन्दा बढीचासो बढाउंछ कहिले अमेरिका एमसीसी र एसपीपीका नाउँमा छटपटाउदै नेपालमा पस्छ। हामी आफुलाई स्वाभिमानी नेपाली भनेर घमण्ड गर्छाै । अमेरिकाले हाम्रो एमसीसीर एस पीपी पास गर्छस् कि गर्दैनस् भनेर ओैँलाे उठाउँदा थुचुक्क घुंडाटेकेर शीर निहुर्‍याउछाैं । आज गठबन्धन भित्रकाआफुलाई खाँटी कम्युनिष्ट भन्ने सानाठूला दलहरू नेपालकाे सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेलाई अलग गरेर छुट्टै एमाले बाहेकको कम्युनिस्ट माेर्चा बनाउने भनेर अभियान चलाउने कुरा गर्दछन्। याे कस्काे चाहाना हाे ? कम्युनिस्ट बलियो रहेसम्म नेपालमा चीन विरुद्ध गतिविधि राम्रोसँग संचालन गर्न सकिदैन भन्ने निचोड पश्चमाहरुले निकाल्नु अनि त्यसैको सेराेफेराेमा एमाले विराेधी कम्युनिस्ट माेर्चाकाे प्रस्ताव बाेकेर गठबन्धन भित्रका कम्युनिस्टहरुकाे दाैडधुप शुरु हुनु के याे संयाेग हाे ? हामी कुनै पनि घटनालाई तब नै सत्य मान्न सक्छाै जब उसले बास्तविक्तासंग मेल खान्छ।सत्य असत्यकाे विराेधी हुन्छ ।मानिसका भनाईहरु त्यतिबेला मात्र सही मानिन्छन् जब ती वास्तविक्तासँग मेल खान्छन्। आज हाम्रा वरीपरि छिमेकी मुलुकमा भईरहेका त्यहाँका राजनीतिक गतिविधि र नेपालप्रति उनीहरूकाे चासो उनीहरुका बढी रहेका आवत जावतका गतिविधिहरुकाे गंभिर विश्लेषणनै नगरी पदकाे बहकाउमा परेर एमाले बाहेकको कम्युनिस्ट केन्द्र भनेर जहाँ तहाँ पुकार्दै हिड्नुले देश र जनतालाई कति लाभ गर्छ ? मार्क्सवादी -लेनिनवादी दर्शन द्वन्द्वात्मकक भाैतिकवादका अनुसार सच्चाई त्यसलाई भनिन्छ जसले वर्तमान वस्तुगत सत्यलाई तथ्यकाे आधारमा सही रुपमा ब्यक्त गर्दछ। हाम्रो (गठबन्धन भित्रका कम्युनिस्ट) काे ज्ञान यदि वर्तमान संसारकाे तत्कालीन तथ्यगत अवस्थासँग मेल खान्छ भने ठिक छ तर त्यसकाे विपरीत छ भने त्यो बेठिक छ। वस्तुगत सत्यसंग मार्क्सवादी दर्शनले द्वन्द्वात्मक भाैतिकवादले यही नाता राख्दछ।   यसमा अलिकति आजको विश्वकाे परिस्थितिसंग नेपालकाे परिस्थितिलाई दांजेर हेर्ने हाे भने रुस माथि आक्रमण गर्न युक्रेनलाई उकास्न, चीनमाथि आक्रमणगर्न ताईवानलाई उकास्ने, तिब्बत संकट खडागर्न नेपालकाे भूमि प्रयोग गर्न पश्चिमाहरु सकृय रहेकै बेला नेपालमा एमसीसी र एसपपीका याेजना उछालिए। सत्ताकाे प्रलोभन देखाएर यी राज्यभित्र प्रवेश गराए। कम्युनिस्टहरुलाइ छिन्न भिन्नपार्ने दाउमा आज उनीहरु लागी परेका छन्। तर नेपालका सत्ताकाे माेहमा छटपटीमा परेका कम्युनिस्टहरु याे कुरालाई देख्न र विश्लेषण गर्न सकिरहेका छैनन्। दिमागमा एउटै कुरा नचाईरहेका छन् कसरी एमालेलाई कमजाेर र पार्ने र कुर्सी आफ्नो हातमा सार्ने।यतिमात्र एजेन्डा दिमागमा नाचिरहेकाेले एमाले बाहेकको समाजवादी केन्द्र निर्माणमा लागेकाहरूकाे सपना जपना यही छ। याे  पछाडि कुन सिद्धान्त कुन विचार र कुन शक्तिले काम गरेको छ  ?   -लेखक नेकपा एकीकृत समाजवादीका नेता हुन । र, उनले फेसबुक मार्फत सार्वजनिक गरेको विचार हामीले यहाँ समेटेका छौं ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार