सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकी सभामुख ताइवान पुगे लगत्तै सैन्य कारबाही गर्ने चीनको घोषणा, ताइवान वरिपरि क्षेप्यास्त्र प्रहार गर्ने

अमेरिकी सभामुख ताइवान पुगे लगत्तै सैन्य कारबाही गर्ने चीनको घोषणा, ताइवान वरिपरि क्षेप्यास्त्र प्रहार गर्ने

साझा पोष्ट
मंगलबार, साउन १७ २०७९
  • images
    अमेरिकी सभामुख ताइवान पुगे लगत्तै  सैन्य कारबाही गर्ने चीनको घोषणा, ताइवान वरिपरि क्षेप्यास्त्र प्रहार गर्ने
    images
    काठमाडौं । अमेरिकी सभामुख न्यासी पेलोसी मंगलबार राति ताइवान पुगेपछि चीनले सैन्य कारबाहीको घोषणा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले सैन्य कारबाहीको एक शृंखला सुरु गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ । ‘पीएलएले पेलोसीको ताइवान टापुको भ्रमणको प्रतिरोध गर्न र राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्न लक्षित सैन्य कारबाहीहरूको एक श्रृंखला सुरु गर्नेछ ।' समाचारमा भनिएको छ । त्यसका लागि जनमुक्ति सेनाको पूर्वी थिएटर कमान्डले ताइवान वरिपरि संयुक्त सैन्य कारबाही गर्ने चिनियाँ रक्षा मन्त्रालयका प्रवक्तलाई उधृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। ताइवानको उत्तर, दक्षिणपश्चिम र दक्षिणपूर्वमा नौसैनिक र हवाई संयुक्त अभ्यास गरिने चिनियाँ सेनाले जनाएकाे छ । पेलोसीको ताइवान भ्रमणलाई लिएर पहिले नै चीनले कडा प्रतिक्रिया जनाए पनि उनी मंगलबार अबेर ताइवान पुगेकी हुन् । कुनै पनि उच्च अमेरिकी अधिकारी २५ वर्षपछि ताइवान पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पेलोसी सवार विमान ताइपेइको शेङहाङ विमानस्थलमा स्थानीय समयअनुसार बेलुका १० बजेर ३० मिनेटमा अवतरण गरेको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ । पेलेसी मलेसियाबाट ताइपेइ पुगेकी हुन् । ताइवानलाई चीनले आफ्नो भूमि भन्दै आए पनि ताइवानमा छुट्टै सरकार छ । जसलाई अमेरिकाले सहयोग गर्दै आएको छ । अमेरिकी सभामुखको यो भ्रमणले चीन र अमेरिकाबीच तनाव शिखरमा पुगेकाे छ । चीनले आफ्नो सार्वभौमसत्ताका लागि जस्तो पनि जवाफ दिने चेतावनी दिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार