सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अष्ट्रेलियाकी सांसदले शपथ लिने बेला बेलायती महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि ....

अष्ट्रेलियाकी सांसदले शपथ लिने बेला बेलायती महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि ....

साझा पोष्ट
बुधबार, साउन १८ २०७९
  • images
    अष्ट्रेलियाकी सांसदले शपथ लिने बेला बेलायती महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि ....
    images
    काठमाडौं । अष्ट्रेलियामा एक आदिवासी सांसदले शपथ ग्रहण गर्ने बेला बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि हंगामा भएको छ । उनले दोहोर्‍याएर शपथ लिनु परेको छ । सिनेटर लिडिया थोर्पले शपथ ग्रहणको व्यहोरामा आफूखुसी केही शब्द थप्दै महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी हुन् । शपथ लिने स्थानसम्म पुग्दा दायाँ हात माथि उठाउँदै मुठ्ठी कसेकी उनले शपथ लिँदै  भनिन्, ‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ लिन्छु कि म बफादार रहँदै महारानी एलिजाबेथ द्वितीयको उपनिवेशप्रति सच्चा निष्ठा राख्दछु ।’ उनले यसो भनेपछि सभामुख सु लाइन्सले रोकेर शपथको व्यहोरामा लेखिएका शब्दमात्र वाचन गर्न भनिन् । त्यसपछि सिनेटर लिडिया थोर्पले दोहोर्‍याएर शपथ लिनु पर्यो । तर शपथ लिइसकेपछि उनले संसदमा मुठ्ठी उठाएको आफ्नो फोटो राख्दै ‘सम्प्रभुता कहिल्यै झुक्दैन’ भनेर ट्वीट गरेकी छन् । गत साता शपथ ग्रहणमा अनुपस्थित भएकाले एक्लै शपथ ग्रहण गरेकी थिइन् । थोर्पले भिक्टोरिया राज्यबाट ग्रिन्स पार्टीबाट संसदमा प्रतिनिधित्व गर्छिन् । अष्ट्रेलियामा लेबर पार्टीको नेतृत्वमा सरकार छ । ९६ वर्षीया बेलायती महारानी एलिजावेथ अष्ट्रेलियाको समेत प्रमुख हुन । उनलाई साक्षी राखेर शपथ ग्रहण गर्ने गरिन्छ । अष्ट्रेलिया एक सय वर्षभन्दा बढी समयसम्म बेलायतको उपनिवेश थियो । यस अवधिमा हजारौं मूल अष्ट्रेलियाली नागरिक मारिएका थिए भने कयौं बिस्थापित भएका थिए । सन् १९०१ मा अष्ट्रेलिया स्वतन्त्र भयो तर अझै पूर्ण गणराज्य बन्न सकेको छैन । सर्वेक्षणहरूमा अधिकांश अष्ट्रेलियाका नागरिक गणतन्त्रको पक्षमा देखिएका छन् । तर राज्यको प्रमुखका रुपमा रानीको स्थानमा संसदकै सदस्यमध्ये एक चुनिने वा अन्य जनप्रतिनिधि भन्ने विवादको टुंगो लागेको छैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार