सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ताइवान वरपर चीनले गरेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो, दुई मिसाईल प्रक्षेपण

ताइवान वरपर चीनले गरेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो, दुई मिसाईल प्रक्षेपण

साझा पोष्ट
बिहीबार , साउन १९ २०७९
  • images
    ताइवान वरपर चीनले गरेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो, दुई मिसाईल प्रक्षेपण
    images
    काठमाडौं । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण मिसाईल गरेको हो । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । तर चीनले ताइवानको स्वशासित टापुमा बिहीबार गरेको युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।यसैबीच चिनियाँ गतिविधिको नजिकबाट नियालिरहेको ताइवानले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आफूहरुले युद्ध नचाहेको जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन् । यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार