सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ताइवानको भूमि नजिकै दर्जनौँ चिनियाँ मिसाइल प्रहार, मिसाइल ट्रयाक गर्ने अमेरिकी विमान जापानबाट उड्यो

ताइवानको भूमि नजिकै दर्जनौँ चिनियाँ मिसाइल प्रहार, मिसाइल ट्रयाक गर्ने अमेरिकी विमान जापानबाट उड्यो

साझा पोष्ट
बिहीबार , साउन १९ २०७९
  • images
    ताइवानको भूमि नजिकै दर्जनौँ चिनियाँ मिसाइल प्रहार, मिसाइल ट्रयाक गर्ने अमेरिकी विमान जापानबाट उड्यो
    images
    एजेन्सी । चीनले ताइवानको क्षेत्र नजिकै अहिलेसम्मकै ठूलो सैनिक अभ्यास थालेको छ । बिहानैदेखि चीनका जल, स्थल र हवाई सेनाले अत्याधुनिक हातहतियार र उपकरणसहितको अभ्यास थालेका ग्लोबल टाइम्सले जनाएको छ । चीनले ताइवानको उत्तर–पूर्वी तटमा दुईवटा शक्तिशाली मिसाइल पनि प्रक्षेपण गरेको छ । अरू कैयौँ मिसाइल पनि चीनको सेनाले प्रहार गरेको छ । चिनियाँ जनमुक्ति सेनाले बनाएका डोङफेङ नामक दर्जनौँ मिसाइल ताइवानको भूमि नजिकै लक्षित गरेर प्रहार भएका समाचार संस्था रोयटर्सले जनाएको छ । चीनले अहिले गरिरहेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो र ताइवानको नजिकमा रहेको बताइएको छ । चीनको कडा विरोध र चेतावनीकैबीच अमेरिकी सभामुख न्यान्सी पेलोसीले गत मंगलबार र बुधवार ताइवानको भ्रमण गरेपछि चीन आक्रोशित बनेको छ । चीनले आगोसँग खेल्नेहरूको अन्त्य निश्चित भएको प्रतिक्रिया दिएको छ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ मिसाइल प्रक्षेपणको प्रतिक्रियाका लागि आफ्ना प्रणाली पनि सक्रिय बनाएको बताएको छ । यस्तै ब्यालेस्टिक मिसाइलको ट्र्याक गर्न सक्ने अमेरिकी विमान जापानबाट उडेर ताइवानतर्फ लागेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार