सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम

एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम

साझा पोष्ट
सोमबार, साउन २३ २०७९
  • images
    एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम
    images

    एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा स्पष्ट छ । एमसीसी र नागरिकता विधेयकमा एमालेको पूरा समर्थन रहेकाले नै ती दुवै कुरा संसद्बाट पारित हुँदा त्यसले कुनै भूमिका खेलेको थिएन वा संसदमा मौन थियो । चुच्चे नक्सा सामेल गरिएको पाठ्यक्रम प्रकाशन गर्न उनीहरूले लगाएको रोकबाट उनीहरूको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा प्रष्ट छ ।

    images
    images
    सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाका चुनाव गर्ने भनी गरेको घोषणालाई हामो पार्टी राष्ट्रिय जनमोर्चा स्वागत गर्दछ । चुनावलाई निष्पक्ष, धाँधलीरहित र मितव्ययी बनाउन सकेमा मात्र त्यसको परिणाम सन्तोषजनक हुनेछ । विगतमा भएका कतिपय चुनाव र गत चुनावमा पनि पैसाको व्यापक दुरूपयोग, मतदाताको खरिदबिक्री तथा धाँधलीपूर्ण हुने जस्ता घटना भएमा वा विगतका चुनावका गल्ती र कमजोरी पुनः दोहोरिएमा चुनावको परिणाम सन्तोषजनक नरहने कुरा स्पष्ट छ । यदि त्यसो भयो भने त्यसले देशको राजनीतिमा गम्भीर र नकारात्मक प्रभाव पार्नेछ । त्यसो हुन नदिन विगतका कमजोरी र अनियमितता रोक्न निर्वाचन आयोग र सरकारले समेत प्रभावकारी भूमिका खेल्नुपर्नेमा हामी जोड दिन्छौँ । देशमा अहिले पनि प्रतिगमनको गम्भीर खतरा रहेकाले त्यसका विरुद्ध सङ्घर्षमा रहेका शक्तिबिच आगामी चुनावमा समेत तालमेल गरिनुपर्दछ भन्ने हाम्रो दृढ मत छ । देशमा प्रतिगामी राजनीति स्थापित गर्न राजावादीहरूले लामो समयदेखि अभियान चलाउँदै आएका छन्त,र उनीहरू एक्लैको बलले त्यसप्रकारको उद्देश्य पूरा नहुने भएकाले उनीहरूले अन्य शक्तिको समेत आड लिने प्रयत्न गर्दै आएका छन् । ओली नेतृत्वको एमालेले प्रतिगमनको दिशामा आफ्ना गतिविधि बढाउँदै लगेकाले राजावादीहरूले त्यसलाई समर्थन गर्न थालेका छन् । राजावादीहरूको राजतन्त्र र हिन्दु राज्य स्थापना गर्ने उद्देश्यलाई भारतका कट्टर हिन्दुवादी शासकले पनि समर्थन जनाउँदै आएका छन् । त्यो सन्दर्भमा एमालेले धर्मका साथै राष्ट्रियतालाई पनि मुद्दा बनाएर आगामी चुनाव लड्ने नीति लिएको भन्ने कुरा सार्वजनिक भएको छ । यसबाट ओलीले प्रतिगमनको दिशा लिएको हाम्रो विश्लेषण सही  पुष्टि हुन गएको छ । त्यसरी धर्म निरपेक्षताको ठाउँमा हिन्दु राज्य र गणतन्त्रको ठाउँमा राजतन्त्र स्थापना गर्ने राजावादीहरूको उद्देश्यलाई ओलीको प्रतिगामी राजनीतिले मद्दत गरेकाले नै राजावादीहरूले ओलीलाई समर्थन गरेको कुरामा कुनै शङ्का रहन्न । आगामी चुनावमा प्रतिगामी पक्षको विजय भएमा उनीहरूले देशलाई प्रतिगमनको दिशामा लैजानका साथै जनताका आन्दोलनका उपलब्धि समाप्त भएर जाने कुरा निश्चित छ । एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा स्पष्ट छ । एमसीसी र नागरिकता विधेयकमा एमालेको पूरा समर्थन रहेकाले नै ती दुवै कुरा संसद्बाट पारित हुँदा त्यसले कुनै भूमिका खेलेको थिएन वा संसदमा मौन रहेको थियो । लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा सामेलगरी चुच्चे नक्सा पारित गर्नका लागि देशमा पहिलेदेखि नै सङ्घर्ष र आन्दोलन हुँदै आएका थिए । जनताको दबाबका कारणले आफ्नो सरकार भएको बेलामा ओली त्यो चुच्चे नक्सा पारित गर्न बाध्य भएको भए पनि चुच्चे नक्सा सामेल गरिएको पाठ्यक्रम प्रकाशन गर्न उनीहरूले लगाएको रोकबाट उनीहरूको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा प्रष्ट छ । विगतमा ओलीले संसद्का विरुद्ध अपनाएका नीति, संविधानको उल्लङ्घन, सर्वोच्चको फैसलाको उल्लङ्घन र संसद् पूनःस्थापना भइसकेपछि पनि संसद्मा गरेको अवरोध तथा राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध चलाउँदै आएका अभियानलाई विचार गर्दा देशमा प्रतिगमनको खतरा गम्भीर भएको कुरामा शङ्का छैन । त्यो स्थितिमा त्यसलाई पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता बन्न गएको छ । उक्त राष्ट्रिय आवश्यकता पूरा गर्न पाँच दलका बिचमा प्रतिगमन विरोधी एकतालाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । आगामी चुनावलाई त्यही आन्दोलनको एउटा रूपमा लिएर पाँच दलबिच चुनावी तालमेल हुनपर्छ  । अहिले चुनावी तालमेल गरेका पक्षसित हाम्रा गम्भीर मतभेद रहेको कुरा हामीले  स्पष्ट गर्दै आएका छौँ । सङ्घीयता, एमसीसी, नागरिकता विधेयकमा हाम्राबिचमा तीव्र मतभेद छन्त, तर पनि प्रतिगमनका विषयमा उनीहरूसँग हाम्रो सहकार्य हुँदै आएको छ । हाम्रो त्यो नीति विरोधीहरूसित विरोधका बिचबाट गरिने सहकार्य हामीले अपनाउँदै आएको कार्यनीति हो, जुन सही र वस्तुनिष्ठ छ । हामीले मुख्यगरी पाँचबिच  चुनावी तालमेल हुनुपर्छ भन्नेमा नै जोड दिन्छौँ । राजावादी र एमालेसित हाम्रो कुनै पनि चुनावी तालमेल हुनेछैन । चुनावी तालमेलमा पाँच दलबिच विगतमा देखिएका कतिपय असमझदारी, इमान्दारिताको अभाव, स्वीकृत नीति विपरीतका कार्य भएमा वा त्यस प्रकारको अवस्था आएमा हामीले एक्लै पनि चुनाव लड्नेछौँ । त्यसप्रकारले  तयारीलाई पनि हामीले अगाडि बढाएका छौँ । चुनावमा जित र हार भन्दा नीति र राजनीतिलाई नै हामीले महत्त्व दिने गर्दछौँ । आगामी चुनावमा पनि त्यहीप्रकारले हामी अगाडि बढ्नेछौँ । पाँच दलभित्रका अन्य पक्षसित हाम्रा गम्भीर प्रकारका मतभेद भएपनि वा चुनावी तालमेलको बेलामा कतिपय प्रश्नमा उनीहरूमा इमान्दारिताको कमी देखिएपनि अहिले देशमा देखा परेको गम्भीर प्रकारको प्रतिगमनको खतरा र त्यसलाई निर्णायक रूपले पराजित गर्नुपर्ने आवश्यकतामाथि ध्यान दिँदै पाँचदलीय चुनावी तालमेल सफल पार्न हामीले पूरा प्रयत्न गर्नेछौँ ।
    • गठबन्धनमा जोड दिँदै केसीले जारी गरेको विज्ञप्तिको सम्पादित अंश

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार