सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राष्ट्रपतिको कदम: नागरिकता सम्बन्धी कानुन अनिश्चितकालसम्म बन्न नदिने प्रपञ्च

राष्ट्रपतिको कदम: नागरिकता सम्बन्धी कानुन अनिश्चितकालसम्म बन्न नदिने प्रपञ्च

साझा पोष्ट
मंगलबार, साउन ३१ २०७९
  • images
    राष्ट्रपतिको कदम: नागरिकता सम्बन्धी कानुन अनिश्चितकालसम्म बन्न नदिने प्रपञ्च
    images
    २०७९ श्रावण २८ गते सम्माननीय राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीज्यूले नागरिकता ऐन संशोधन विधेयक जुन प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भइसकेर राष्ट्रपति कार्यालयममा प्रणीकरणको लागि पठाइएको थियो। त्यसलाई सन्देशसहित फिर्ता पठाइदिनुभएको छ र यसले राजनितिक वृत्तमा एक खालको तरंग उत्पन्न गरेको छ। नेपालको संविधानले राष्ट्रपतिलाई आलंकारिक राष्ट्रपतिको हैसियत प्रदान गरेको छ। यसर्थ राष्ट्रपति राष्ट्रप्रमुख हुन् न कि कार्यकारी। नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गरिनेछैन भन्ने अधिकार दिएको छ। तर विडम्बना संविधान जारी भएको ७ वर्षभन्दा बढी व्यतीत भइसकेको छ र यसबीचमा जनताबाट निर्वाचित पहिलो संसदको कार्यकाल समेत समाप्त हुनै लागेको छ। तर पनि जनताको आधारभूत अधिकारसँग जोडिएको नागरिकता प्रमाणपत्रसँग सम्बन्धित महत्त्वपूर्ण कानुनलाई यहाँका राजनीतिक दल, सांसदहरू, सरकार वा राष्ट्रपति कुनै पनि निकायले गम्भीरतापूर्वक सम्बोधन गर्न नसकेकोले हजारौं नागरिक नागरिकताविहीन अवस्थामा बाँच्न अभिशप्त छन्। नागरिकतासम्बन्धी कानुन र व्यवस्था कहिले सर्वोच्च अदालतबाट अवरुद्ध भएको छ त कहिले प्रशासनिक संयन्त्रहरूबाट र अहिले आएर राष्ट्रपति कार्यालय यसको कारक बनेको छ। संसदको अन्तिम अवस्थामा आएर भएपनि दुवै सदनबाट पारित भई पठाइएको नागरिकतासम्बन्धी कानुनलाई राष्ट्रपतिले फिर्ता पठाइदिनाले राष्ट्रपति जनताप्रतिको संवेदनशीलताभन्दा कुनै खास राजनीतिक दलको मान्यताभन्दा माथि उठ्न नसकेको अनुभूति पक्कै भएको छ। हो, संविधानले राष्ट्रपतिलाई कुनै विधेयकमा विचार गर्नुपर्ने लागेमा पुनर्विचारको लागि एकपटक फिर्ता पठाइदिने अधिकारचाहिँ दिएको छ, तर यस अधिकारको प्रयोग गर्दा कति जनहितमा भयो भन्ने कुराको हेक्का स्वयं राष्ट्रपतिको कार्यालयले राख्नैपर्दछ। ​नागरिकतासम्बन्धी कानुनको ऐतिहासिक पृष्ठभूमि, यसको संवेदनशीलता, लैंगिक विभेदजस्ता आधारहरू तेस्र्याएर नागरिकतासम्बन्धी कानुन अनिश्चित कालसम्म बन्न नदिने प्रपञ्चको जुन किसिमले राष्ट्रपतिको कार्यालय भागीदार बनेको छ त्यसलाई इतिहासले माफी पक्कै दिने छैन। जहाँसम्म लैंगिक विभेदको कुरा छ, त्यसमा यस संविधानकै व्यवस्था पनि विभेदकारी रहेको प्रस्ट छ। संविधान निर्माणको बेलामा हुनुपर्ने बहस अहिले गरेर कामै छैन। यत्रो लामो पाँच पेजको फेहरिस्त लेख्नुपर्ने आवश्यकता नै थिएन। तसर्थ तत्कालको जटिल समस्यालाई सम्बोधन गर्नेगरी ल्याइएको कानुनलाई पछि परिमार्जनसमेत गर्ने सन्देशसहित विधेयक प्रमाणीकरण गर्नुको साटो विधेयक फिर्ता गरिनुले राष्ट्रपति कार्यालयकै गरिमालाई धूमिल पारेको अनुभूति हुन्छ। अब पुनः बल राजनीतिक दलहरूकै कोर्टमा फर्केको छ। नागरिकतासम्बन्धी समस्यामा राजनीतिक दलहरू साँच्चै संवेदनशील हो भने अविलम्ब संसदको बैठक बोलाई यस विधेयकलाई दुवै सदनबाट पुनः छलफल र पारित गराई अविलम्ब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणको लागि पठाइनुपर्दछ। मात्र राजनीतिक जोडघटाउ र भोट बैंक सुरक्षित गर्ने हिसाबले नागरिकताको मुद्दालाई चीरकालसम्म अल्झाइराख्नु कसैको हितमा हुने छैन। -झा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता हुन

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार