आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

राष्ट्रपतिसँग चिनीयाँ जनकंग्रेसका अध्यक्ष लीको शिष्टाचार भेट

राष्ट्रपतिसँग चिनीयाँ जनकंग्रेसका अध्यक्ष लीको शिष्टाचार भेट

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    राष्ट्रपतिसँग चिनीयाँ जनकंग्रेसका अध्यक्ष लीको शिष्टाचार भेट
    images
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राष्ट्रिय जनकंग्रेका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार दिउँसो ४ बजे शीतलनिवास पुगेर लीले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन । भेटमा द्विपक्षीय हित र नेपाल–चीनबीचको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको छ । राष्ट्रपतिसँगको भेटसँगै लीको नेपाल भ्रमण सकिएको छ । तर उनी भोलि विहीबार मात्रै फर्कनेछन । लीले बुधवार विहान भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आएका हुन । भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। अध्यक्ष ली भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे। प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे। प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो। मंगलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदान–प्रदान र सहकार्यका विषयमा छलफल भएको थियो। मंगलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियाे । मंगलबार दिउँसो परराष्ट्रमन्त्री नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार