काठमाडौं । नेपालका लागि चिनिँया राजदूत होउ यान्छीको कार्यकाल सकिएको छ । यान्छीले मंगलबार ट्वीट गर्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेर नेपालबाट बिदा हुन लागेको उल्लेख गरेकी छिन् ।
‘सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्यो अनुभव र माया बोकेर जान लागेकी छु,’ उनले लेखेकी छिन् ।
नेपालमा रहँदा आफूप्रति देखाएको माया र सदभावका लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन् । आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन् ।
चीन सरकारले राजदूत होउलाई बढुवा गरि दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् ।