शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

शीर्ष नेता सहभागि हुने गरी सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने

शीर्ष नेता सहभागि हुने गरी सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने

गण्डकी भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्नेछ भने लुम्बिनी, प्रदेश१, मधेस र कर्णालीको समन्वय कांग्रेस र सुदूरपश्चिम र बागमतीको समन्वय माओवादी केन्द्रले गर्नेछन्। यी भेलाहरूमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।

साझा पोष्ट
शनिबार, असोज २९ २०७९
  • images
    शीर्ष नेता सहभागि हुने गरी सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने
    images

    काठमाडौं । सत्ता गठबन्धनले सातै प्रदेशमा निर्वाचन केन्द्रित संयुक्त भेला गर्ने भएको छ। सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो।


    images
    images

    सो निर्णयअनुसार कात्तिक ४ देखि ७ गतेसम्म विभिन्न सहरमा भेलाहरू हुने भएका छन्। कात्तिक ४ गते पोखरा र बुटवलमा गण्डकी र लुम्बिनी प्रदेशमा, ५ गते विराटनगर र जनकपुरमा प्रदेश १ र मधेस प्रदेशका भेला गर्ने गठबन्धनले निर्णय गरेको छ । 

    ६ गते सुर्खेतमा कर्णाली प्रदेश र धनगढीमा सुदूरपश्चिम प्रदेशका भेला हुनेछन् भने  ७ गते काठमाडौंमा बागमती प्रदेशको भेला गर्ने तय भएको छ । ती भेलाको समन्वय गर्ने जिम्मा पनि सत्ता गठबन्धन दलले बाँडफाँट गरेका छन्। 

    गण्डकी भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्नेछ भने लुम्बिनी, प्रदेश१, मधेस र कर्णालीको समन्वय कांग्रेस र सुदूरपश्चिम र बागमतीको समन्वय माओवादी केन्द्रले गर्नेछन्। यी भेलाहरूमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।

    WhatsApp Image 2022-10-15 at 12.00.401665816142.jpeg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार