आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

एलिजाबेथको अन्त्येष्टिमा भाग लिन परराष्ट्रमन्त्री बेलायत जाने

एलिजाबेथको अन्त्येष्टिमा भाग लिन परराष्ट्रमन्त्री बेलायत जाने

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    एलिजाबेथको अन्त्येष्टिमा भाग लिन परराष्ट्रमन्त्री बेलायत जाने
    images
    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । एलिजाबेथको असोज ३ गते विशेष समारोहबीच अन्त्येष्टि हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा एउटा टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् । बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।एलिजाबेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् । एलिजाबेथको भदौ २३ गते ९६ वर्षको उमेरमा मृत्युभएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार