आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

चिनीयाँ जनकंग्रेसका अध्यक्ष ली फर्किए

चिनीयाँ जनकंग्रेसका अध्यक्ष ली फर्किए

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    चिनीयाँ जनकंग्रेसका अध्यक्ष ली फर्किए
    images
    काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधिमण्डल चार दिने भ्रमण पूरा गरी काठमाडौंबाट फर्किएको छ । चिनियाँ टोलीलाई सभामुख अग्नि सापकोटाले आज बिहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे । जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष चान्सु सभामुख अग्निप्रसाद सापकोटाको निम्तोमा भदौ २७ गते काठमाडौं आएका थिए । त्यही दिन सभामुख सापकोटासँगको भेटवार्ता पछि अन्तरसंसदीय सहयोग सम्बन्धी दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल बसाइँमा उनले राष्ट्रपति, प्रधानमन्त्री सभामुखका प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए । उनले बुधबार भक्तपुर दरबार स्क्वायरको पनि भ्रमण गरेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार