आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

असोज १ देखि काठमाडौंमा धूमपान गर्न र सुर्ती खान प्रतिबन्ध

असोज १ देखि काठमाडौंमा धूमपान गर्न र सुर्ती खान प्रतिबन्ध

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    असोज १ देखि काठमाडौंमा धूमपान गर्न र सुर्ती खान प्रतिबन्ध
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध गर्ने भएको छ। महानगरपालिकाले बिहीबार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान प्रतिबन्ध लगाउने भएको हो। सार्वजनिक स्थललाई धूमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरी दिन महानगरपालिकाले सबैसँग आग्रह पनि गरेको छ। सूचनाबमोजिम नियम पालना नगर्नेलाई कारबाही र जरिवाना तिराइने महानगरपालिकाले जनाएको छ। सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ खान नपाइने व्यवस्था छ भने दफा ५ मा सार्वजनिक निकायलाई धूमपान तथा सूर्ती खान निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार