आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

पूर्वप्रधानन्यायाधीशहरु पनि महाभियोग समितिमा नजाने

पूर्वप्रधानन्यायाधीशहरु पनि महाभियोग समितिमा नजाने

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    पूर्वप्रधानन्यायाधीशहरु पनि महाभियोग समितिमा नजाने
    images
    काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरू संसदको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने भएका छन्। सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले डाकेको छलफलमा नजाने भएका छन् । समितिले बिहीबार दिउँसो १ बजेका लागि पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई छलफलका लागि बोलाएको थियो । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समितिमा बयान दिने क्रममा विभिन्न व्यक्तिलाई विभिन्न आरोप लगाएपछि ती आरोपबारे बयान लिन समितिले बुधबार पूर्वप्रधानन्यायाधीशहरूलाई पनि बोलाउने निर्णय गरेको थियो । तर उनीहरु बयान दिन नजाने भएका छन । पूर्व प्रधानन्यायाधीशहरुले यसबारे केहीबेरमा साझा धारणा सार्वजनिक गर्ने पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बताए। अहिले छलफल भैरहेकाे पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताए । हिजो सर्वोच्च अदालतका न्यायाधीशरुले नजाने निर्णय गरेका थिए ।न्यायाधीशहरू नआउने भएपछि आज बिहान ८ बजेदेखि बस्ने भनिएको समितिको बैठक दिउँसो १ बजे बस्ने भनिएको थियो । तर अब पूर्व प्रधानन्यायाधीशरु पनि नजाने भएपछि समितिको बैठक पनि अन्यौल भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार