आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे : केपी ओली

मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे : केपी ओली

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे : केपी ओली
    images
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओली प्रचण्ड विरुद्ध खनिएका हुन । ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन’ ओलीले भने ‘प्रचण्ड हात लुकाईलुकाई हिंड्थे, म अलिकति सचेत थिएँ । मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे ।’ आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।‘ म एकता भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाटै निकाल्ने कस्तो विषालु दाँत पालेर बसेको रहेछ ? ’, ओलीले प्रश्न गर्दै भने– ‘कस्तोसँग एकता गरेको रहेछु ? मैले दिएको बरदान मेरै टाउकोमा राखेर भष्म पार्न खोज्ने ?त्यसरी हुन्छ आन्दोलन ?’ उनले पार्टी सदस्यबाटै निकालेको भनेर उनले गर्व गरेको पनि बताए ।ओलीले अगाडि भने, ‘म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने ।’ उनले गठबन्धनले देशलाई हरेक हिसावले अधोपतनतिर लगेको भन्दै यसबाट बचाउन एमालेबाहेक अरुले नसक्ने पनि बताए । उनले एमालेलाई हराउन सजिलो नभएकाले गठबन्धन गर्नुपरेको र अदालतसमेत जानुपरेको भन्दै अभिमन्युलाई चक्रव्यूहमा पारेजस्तै एमालेलाई पार्न खोजेपनि नसक्ने बताए । ओलीले गठबन्धनका केही नेताहरु आफुलाई महारथी ठान्ने गरेपनि उनीहरुको कुनै हुति नभएको बताए । ‘गठबन्धनका कसैको पनि हुति हविगत छैन, एक्लै एमालेका अघि आउन सक्दैनन् । सामुन्ने आएर हेर्ने आँट गर्दैनन्’, ओलीले भने, ‘हरेक दिन बसेका छन्, गठबन्धन, गठबन्धन, नेपाली जनतालाई सुन्नै मन नलाग्ने भइसक्यो गठबन्धन । विहानै गठबन्धन, बेलुकै गठबन्धन, नातावाद परिवारवाद, स्वार्थमा कुदेको गठबन्धन ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार