आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय, नेकपाले भन्याे : सरकार धन्यवाद

विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय, नेकपाले भन्याे : सरकार धन्यवाद

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय, नेकपाले भन्याे : सरकार धन्यवाद
    images
    काठमाडौं । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले मुद्दा खारेजीको निर्णय गरेको हो । नेकपाले विज्ञप्ति निकालेर मुद्दा खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर ओली सरकारका पालामा भएको तीन बुँदे सहमति कार्यान्वयनलाई सरकारको पछिल्लो निर्णयले गुणात्मकता प्रदान गरेको बताएका छन । ‘कार्यान्वयनको प्रक्रिया तदारुकताका साथ अगाडी बढाउने र मुद्दा खारेजीका सम्बन्धमा मन्त्रीपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरूलाई यथाशीघ्र फर्छ्योट गर्न र कानुनसँग अन्तर्विरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने भनी भएको सहमति २०७९ भाद्र २७ गते बेलुकी बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ’, प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र नेकपा बीच भएको सहमतिलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीन बुँदे सहमति कार्यान्वयनलाई गुणात्मकता प्रदान गरेको छ ।’ नेपाल कम्युनिस्ट पार्टी र केपी ओली नेतृत्वको सरकार बीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । माग पुरा भएकोमा प्रकाण्डले विज्ञप्तिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री वालकृष्ण खाँण, कानुन मन्त्री गोविन्द बन्दी कोइराला र महान्यायाधिवक्ता खम्म बहादुर खाती लगायत वार्ता प्रक्रियामा सहभागी सबैलाई पार्टी धन्यवाद दिएका छन । तीन बुँदे सहमतिमा उल्लेखित नेपाल कम्युनिस्ट पार्टीको दायित्वप्रति पार्टी इमानदार, प्रतिबद्ध रहेको र सहमतिको मर्मलाई अक्षरशः कार्यान्वयन गर्न दृढ रहेको पनि प्रकाण्डले प्रष्ट पारेका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार