सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दशैंका लागि यो वर्ष ५५ अर्ब रुपैयाँको नयाँ नोट साटियो 

दशैंका लागि यो वर्ष ५५ अर्ब रुपैयाँको नयाँ नोट साटियो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ ।  यसले दशैंमा मात्रै अरबौँ  रुपैयाँ दक्षिणा वा जुवातासमा खर्च हुने देखिएको छ ।  यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको हो ।

साझा पोष्ट
शनिबार, असोज १५ २०७९
  • images
    दशैंका लागि यो वर्ष ५५ अर्ब रुपैयाँको नयाँ नोट साटियो 
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ ।  यसले दशैंमा मात्रै अरबौँ  रुपैयाँ दक्षिणा वा जुवातासमा खर्च हुने देखिएको छ । 

    images
    images

    यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको हो ।

    images
    images

    नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।


    दश  बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका सय रुपैयाँभन्दा साना दरका ( रु ५, १०, २०, ५० र रु १०० दरका) र ३९ अर्ब रुपैयाँ बराबर ठुला दरका (रु ५०० र १००० दरका) नोट सटही भएको उनको भनाई छ ।


    नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयरूबाट नयाँ नोट सटही गरेको थियो ।राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्ने गरेका गरेका थिए । काठमाडौँ उपत्यका बाहिरका कार्यालयबाट दैनिक औसतमा प्रतिकार्यालय ४ सय जनाले सटही गर्ने गरे । यसो गर्दा जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने गरेको राष्ट्र बैंककाे अनुमान छ । 

    नेपाल राष्ट्र बैंकले दसैँ बिदा सकिएर कार्यालय खुलेपछि फेरि नयाँ नोट साटिदिने भएको छ । तिहारका लागि पनि नेपालीले नयाँ नोटको खोजी गर्ने भएकोले नयाँ नोट दिने राष्ट्र बैंकले जनाएकाे छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार