सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुख पावरबीच भेटवार्ता 

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुख पावरबीच भेटवार्ता 

काठमाडौं ।  विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका गएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको छ ।

साझा पोष्ट
बिहीबार , असोज २७ २०७९
  • images
    अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुख पावरबीच भेटवार्ता 
    images

    काठमाडौं ।  विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका गएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।

    images
    images

    युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको छ । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गरे । 

    images
    images

    साथै अर्थमन्त्री शर्माले आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरे । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिए । 

    भेटमा पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको भन्दै नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताइन् । ‘तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौँ ।’ सामाजिक सञ्जालमा पावरले लेखेकी छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार