सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एकैदिन १२४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४४४ पुग्यो

एकैदिन १२४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ । छिल्लो २४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो । पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको छ ।

साझा पोष्ट
सोमबार, चैत २७ २०७९
  • images
    एकैदिन १२४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४४४ पुग्यो
    images

    काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ । छिल्लो २४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो । पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको छ ।

    images
    images


    नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । अहिले सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ ।  कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको छ ।

    images
    images

    कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ । मन्त्रालयले कोभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खोप लगाउन पनि अनुरोध गर्दै आएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार