सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कृषि तथा शुपन्छी विकास मन्त्रालयका लागि झण्डै ५९ अर्ब बजेट 

कृषि तथा शुपन्छी विकास मन्त्रालयका लागि झण्डै ५९ अर्ब बजेट 

साझा पोष्ट
सोमबार, जेठ १५ २०८०
  • images
    कृषि तथा शुपन्छी विकास मन्त्रालयका लागि झण्डै ५९ अर्ब बजेट 
    images

    काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि क्षेत्रका लागि झण्डै ५९ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । 

    images
    images

    सरकारले  ५ करोड ६० लाख डोज भ्याक्सिन उत्पादन गर्न आवश्यक रकम विनियोजन गरेको छ । नेपालमा हुने पशुपालनमा आउने महामारीबाट हुने क्षती रोक्न खोप कार्यक्रम सञ्चालन गर्ने र यसका लागि उक्त खोप उत्पादनको लागि बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।

    images
    images

    यस्तै, सरकारले कृषि क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहको संलग्नतामा एकीकृत कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ । 

    सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । 

    चालु आर्थिक वर्ष २०७९\८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार