सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बजेट : करका दर हेरफेर शंकास्पद !

बजेट : करका दर हेरफेर शंकास्पद !

साझा पोष्ट
मंगलबार, जेठ २३ २०८०
  • images
    बजेट : करका दर हेरफेर शंकास्पद !
    images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र ८१ को बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुमा लगाइएको करका दरमा गरिएको हेरफेर शंकास्पद देखिएको छ । आगामी आवका लागि राजस्वको स्रोत कम भएकाले घाटा बजेट बनाएको अर्थ मन्त्रालयले राजस्वको लक्ष्य पूरा गर्न करको दायरा र दर बढाएको दाबी गरेको छ । तर केही वस्तुको करको दर परिवर्तन अस्वाभाविक देखिएको खबर आजको नागरिक दैनिकले छापेको छ ।

    images
    images

    स्वदेशी उत्पादन बढाउन भन्दै आयातित तरकारीमा समेत कर लगाएको अर्थ मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चुरोटको करमा सामान्य मात्र वृद्धि गरेको छ । विगतका हरेक बजेटमा १० देखि १९ प्रतिशतसम्म चुरोटमा कर बढाउँदै आएकोमा यो वर्ष ३ प्रतिशत मात्र वृद्धि हुनुले शंका उब्जिएको एक व्यापारीले बताए।

    images
    images

    'चालु आवमा राजस्वको लक्ष्य पूरा नभएको भन्दै नयाँ वस्तु तथा सेवामा समेत कर लगाउन सुरु गरिएको छ,' ती अधिकारीले भने, 'धूमपानलाई निरुत्साहन गर्नुपर्नेमा किन थोरै मात्र कर बढाइयो ।'

    चुरोटमात्र नभएर विद्युतीय सवारी, विलासी मोटरसाइकलमा निर्धारण गरिएको करको विषयमा पनि अर्थमन्त्री डा। प्रकाशशरण महतको आलोचना भएको छ । अर्थमन्त्री महतले कुनै व्यापारिक समूहलाई फाइदा पुग्ने गरी करको दर हेरफेर नगरेको दाबी गर्दै आए पनि केही वस्तुमा करको दर हेरफेरको प्रश्न उठेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार