सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

संसद्‍मा अर्थमन्त्रीले दिए प्रष्टिकरण–करका दरमा चलखेल भएको छैन

संसद्‍मा अर्थमन्त्रीले दिए प्रष्टिकरण–करका दरमा चलखेल भएको छैन

साझा पोष्ट
मंगलबार, जेठ २३ २०८०
  • images
    संसद्‍मा अर्थमन्त्रीले दिए प्रष्टिकरण–करका दरमा चलखेल भएको छैन
    images

    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा। महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् ।

    images
    images

    अर्थमन्त्री  महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताए । यसलाई इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गरे ।

    images
    images

    अर्थमन्त्री महतले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे । करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको उनले बताए । आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको मन्त्री महतले बताए । अर्थमन्त्री महतले अगाडि भने, ‘निर्णय प्रक्रियामा उहाँ हुने कुरै भएन । निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र हो ।’

    आर्थिक विधेयकलाई अन्तिमरुपमा दिन अर्थमन्त्री, राजश्व सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र आन्तरिक राजश्व विभागका महानिर्देशक लगायतका व्यक्ती रहने व्यवस्था छ । सोहीअनुसार आगामी आर्थिक वर्षको आर्थिक विधेयक तय गरेको अर्थमन्त्री डा. महतले जनाए ।
    ‘यही व्यवस्थाअनुसारका व्यक्ती बसेर आर्थिक विधेयकका लागि छलफल गर्‍यौँ,’ महतले भने, ‘यो टिम बसेर स्वतन्त्ररुपमा आधारसहित करका दर 
    तय गरिएको छ ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार