सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

‘जो जसले सक्छ उसैले खाला’ शैलीमा बजेट ल्याइयो : गोकर्ण विष्ट

‘जो जसले सक्छ उसैले खाला’ शैलीमा बजेट ल्याइयो : गोकर्ण विष्ट

डडेलधुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे। नुवाकोटमा बजेट बढ्यो रे। क्रमागत आयोजनाहरु काटिन्छन। तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ।

साझा पोष्ट
शुक्रबार, जेठ २६ २०८०
  • images
    ‘जो जसले सक्छ उसैले खाला’ शैलीमा बजेट ल्याइयो : गोकर्ण विष्ट
    images


    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले बजेट ‘लथालिंग देशको, भताभंग चाला,जो जसले सक्छ उसैले खाला’ शैलीमा आएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै सांसद विष्टले यस्तो टिप्पणी गरेका हुन् । आगामी वर्षको बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी आएको भन्दै सांसद विष्टले पहुँचका आधारमा बजेट ल्याइएको बताए ।  सत्तारुढ दलका शिर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने सांसद विष्टको भनाइ छ।

    images
    images

    सचिव विष्टले भने, ‘डडेलधुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे। नुवाकोटमा बजेट बढ्यो रे। क्रमागत आयोजनाहरु काटिन्छन। तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ। आज विधि र न्याय स्थापित भएन। एउटा भनाइ छ–लथालिंग देशको, भताभंग चाला। जो जसले सक्छ, उसले खाला। आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ। आज यो सरकारबाट, यो बजेटबाट आशा गर्नु भनेको न्यालको रुप रोपेर स्याउ फलाउन खोज्नु, सुन्तला फलाउन खोज्नु मात्रै हो। आज यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन। यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिदैन। र, एउटा भनाइ छ–जुनकिरीको पिँधले स्वार्थ उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन।’

    images
    images

    सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताए। यस्तै अहिले कुल जीडिपीकोे अनुपातमा निजीक्षेत्रमा ११० प्रतिशत कर्जा प्रवाह गरिएको र कर्जाको ७५ प्रतिशत मोटामोटी १०० घरानामा सिमित रहेको भन्दै सचिव विष्टले आम जनता वित्तिय पहुँचबाट बन्चित रहेको बताए । यस्तै वैदेशिक सहायता देशको आवश्यकता, प्राथमिकता र राष्ट्रिय स्वार्थ अनुसार प्राप्त भैरहेका छन् कि दाताको चाहाना र शर्त मुताविक परिचालन भैरहेका छन् भन्दै यसतर्फ गम्भिरता साथ समिक्षा गर्न जरुरी रहेको बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार