सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एनसेलविरुद्धको मुद्दा नेपालले जित्यो, सरकारको १ खर्ब बढी रकम जोगियो

एनसेलविरुद्धको मुद्दा नेपालले जित्यो, सरकारको १ खर्ब बढी रकम जोगियो

साझा पोष्ट
आइतबार, जेठ २८ २०८०
  • images
    एनसेलविरुद्धको मुद्दा नेपालले जित्यो, सरकारको १ खर्ब बढी रकम जोगियो
    images

    काठमाडौं । एनसेलसँगको मुद्दा जितेपछि नेपाल सरकारको १ खर्बभन्दा बढी रकम जोगिएको छ। नेपाल सरकार र एनसेलबीचको पुँजीगत लाभकर विवाद सात वर्ष दुई महिनापछि टुंगो लागेको हो। ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकर एनसेलको माउ कम्पनी आजियटा ग्रुपले तिर्न आनकानी गरेपछि सर्वोच्च अदालत हुँदै लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आइसिएसआइसी) पुगेको मुद्दामा नेपालको पक्षमा फैसला भएको हो।

    images
    images

    विश्व बैंकअन्तर्गतको आइसिएसआइडीले एनसेलको दाबी नपुग्ने भन्दै नेपालको पक्षमा फैसला सुनाएपछि सरकारको करिब १ खर्ब हाराहारी जोगिएको छ। नेपाल सरकारले अनावश्यक कर असुली गरेको आरोप लगाउँदै एनसेल र एनसेलको मातृ कम्पनी आजियटा इन्भेस्टमेन्ट (युके) ले सरकारविरुद्ध आइसिएसआइडीमा मुद्दा दायर गरेको थियो। यो मुद्दा हारेको भए एनसेलको दाबी गरेको करिब ६५ अर्ब रूपैयाँ बढी क्षतिपूर्ति, ब्याज, जरिवानासहित करिब १ खर्ब रूपैयाँ बढी नेपालले तिर्नुपर्ने हुन सक्थ्यो। आजको नागरिक दैनिकमा खबर छ ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार