सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

स्टक ब्रोकरको नयाँ लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

स्टक ब्रोकरको नयाँ लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौं ।  संघीय संसद्‌को  अर्थ समितिले नयाँ स्कट ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।समितिको आजको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गरेको हो ।समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएकोमा मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरुसँग छलफल गरेपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको हो ।

साझा पोष्ट
मंगलबार, असार ५ २०८०
  • images
    स्टक ब्रोकरको नयाँ  लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन
    images

    काठमाडौं ।  संघीय संसद्‌को  अर्थ समितिले नयाँ स्कट ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।समितिको आजको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गरेको हो ।

    images
    images

    समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएकोमा मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरुसँग छलफल गरेपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको हो ।

    images
    images

    समितिले मुख्य गरी दुई विषय पहिलो गत जेठ २९ मा धितोपत्र दलाल र धितोपत्र व्यवसायीको नयाँ लाइसेन्स स्थगन गर्न आफैंले दिएको निर्देशन अब शुरु गर्न र दोस्रो अनुमति दिँदा मापदण्ड पुगेकालाई मात्र दिने र यसका लागि धितोपत्र बोर्ड र नेप्सेलाई सतर्क हुन अर्थ मन्त्रालयमार्फत अनुमति दिने निर्णय गरेको छ । ब्रोकर लाइसेन्सको विषयमा सर्वोच्च अदालतले पनि अनुमति दिएकाले समितिले त्यसमा हस्तक्षेप गर्न नहुने बैठकमा उपस्थित अधिकांश सांसदहरुको धारणा थियो ।

    गत साता समितिले ब्रोकर र स्टक एक्सचेन्जको नयाँ लाइसेन्स प्रक्रिया यथास्थितिमा राख्‍न निर्देशन दिएको थियो । स्टक एक्सचेञ्जको विषय मन्त्रिपरिषद्ले नै रोकेकाले आज समितिमा त्यसबारेमा चर्चा नै भएन ।धितोपत्र बोर्डले ४३ वटा ब्रोकरलाई आशयपत्र दिएकोमा १८ वटालाई सञ्चालन अनुमति नै दिएको छ । हाल ५० वटा ब्रोकर सञ्चालनमा छन् ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार