सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आधारभूत अस्पतालका जनशक्तिको तलवभत्ता आफैं व्यहोर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको पत्र

आधारभूत अस्पतालका जनशक्तिको तलवभत्ता आफैं व्यहोर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको पत्र

साझा पोष्ट
मंगलबार, असार ५ २०८०
  • images
    आधारभूत अस्पतालका जनशक्तिको तलवभत्ता आफैं व्यहोर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको पत्र
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यहोर्न परिपत्र परेको छ । 

    images
    images

    सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ७ बुँदे परिपत्र गर्दै संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरेका हुन् ।

    images
    images

    स्वास्थ्य मन्त्रालयले ५, १० र १५ शय्याको अस्पतालहरुको दरबन्दीको नमुना तयार भएको र उक्त दरबन्दीको संरचना र दरबन्दी स्वीकृत नभएको जनाउँदै संघीय सरकारले आर्थिक भार लिन नसक्ने भन्दै जनशक्ति व्यवस्थापनका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

    ‘आधारभूत अस्पतालको दरबन्दीको नमुना तयार भएको तर नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भइसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक स्रोत हेरी कर्मचारीसँगै तलव, भत्ता, अन्य सुविधाको व्यवस्थापन पालिकाबाटै हुन’ मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ ।स्वास्थ्य मन्त्रालयले आधारभूत अस्पतालको दरबन्दी नमुना पास गरेर २१ असार २०७९ मा मन्त्रिपरिषद्‍बाट पठाएपछि पनि दरबन्दी पारित भएको छैन ।

    आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि केही स्थानीय तहले स्वास्थ्यकर्मी नियुक्त गरेका कारण संघीय सरकारमा थप आर्थिक भार परेको भन्दैं मन्त्रालयले आगामी आर्थिक वर्षबाट स्वास्थ्यकर्मीको तलव, भत्ताको व्यवस्था पालिकाबाटै गर्न निर्देशन दिएको छ ।

    यस्तै, राष्ट्रिय किताबखानामा दर्ता भएका निकाय र पदहरु बाहेकका पदमा कर्मचारीहरुको तलव, भत्ता पनि नेपाल सरकारबाट उपलब्ध नहुने मन्त्रालयले बताएको छ । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएका कतिपय कर्मचारीले समायोजन पत्र बुझी समायोजन भएको ठाउँमा हाजिर भएकाले यथाशीघ्र रमाना लिएर हाजिर हुने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

    यसअघि स्वास्थ्यले पालिकाको सहमतिका आधारमा स्वास्थ्यकर्मीहरुलाई एक पालिकाबाट अर्को पालिकामा कामकाजका लागि खटाउँदैं आएको थियो ।आगामी आर्थिक वर्षबाट दरबन्दीबाहेकका कर्मचारी तलव, भत्ता दिन अर्थ मन्त्रालयले नसकिने बताएको उल्लेख गर्दै यो व्यवस्थापन पालिकाहरु आफैले गर्न भनेको छ ।

    helath-minister-release 11687253613.jpg

    helath-minister-release21687253628.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार