सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

काठमाडौं महानगरले फार्मेसी खोल्न ६ करोड रुपैयाँ छुट्टयायो

काठमाडौं महानगरले फार्मेसी खोल्न ६ करोड रुपैयाँ छुट्टयायो

काठमाडौं ।  काठमाडौं महानगरले आगामी आर्थिक वर्षमा सुलभ दरमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी खोल्ने भएको छ।त्यसका लागि उसले बजेटसमेत विनियोजन गरेको छ।काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ६ करोड रूपैयाँ फार्मेसी खोल्न विनियोजन गरिएको छ।महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि स्वास्थ्य कार्यक्रममार्फत कुल ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ ।

साझा पोष्ट
आइतबार, असार १० २०८०
  • images
    काठमाडौं महानगरले फार्मेसी खोल्न ६ करोड रुपैयाँ छुट्टयायो
    images

    काठमाडौं ।  काठमाडौं महानगरले आगामी आर्थिक वर्षमा सुलभ दरमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी खोल्ने भएको छ।त्यसका लागि उसले बजेटसमेत विनियोजन गरेको छ।

    images
    images

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ६ करोड रूपैयाँ फार्मेसी खोल्न विनियोजन गरिएको छ।महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि स्वास्थ्य कार्यक्रममार्फत कुल ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ ।

    images
    images

    उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १३ औँ बैठकमा महानगरपालिका क्षेत्रभित्रका सहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नतिसहित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गरी महानगरवासीका लागि ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजना ल्याएको बताइन् । सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ३५ करोड रकम विनियोजन गरिएको छ ।यस्तै बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल सञ्चालनमा ल्याउन १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    महानगरपालिकाले देशभरका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरी उपलब्ध गराउन ७ करोड रकम विनियोजन गरिएको जनाएको छ । त्यसैगरी महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) हटलाइन सञ्चालन गर्न १ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार