सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

१७ खर्ब ९३ अर्बको बजेटमा साढे १३ खर्ब ७४ अर्ब मात्रै खर्च

१७ खर्ब ९३ अर्बको बजेटमा साढे १३ खर्ब ७४ अर्ब मात्रै खर्च

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९\८० मा ७६.६४ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ। १७ खर्ब ९३ अर्ब बजेट ल्याएको सरकारले भुक्तानी गर्ने समय सकिँदा १३ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ मात्रै खर्च गरेको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षको भुक्तानी गर्ने दिन असार २४ गतेसम्म यो रकम खर्च गर्न  सकेको हो । 

साझा पोष्ट
सोमबार, असार २५ २०८०
  • images
    १७ खर्ब ९३ अर्बको बजेटमा साढे १३ खर्ब ७४ अर्ब मात्रै खर्च
    images

    काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९\८० मा ७६.६४ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ। १७ खर्ब ९३ अर्ब बजेट ल्याएको सरकारले भुक्तानी गर्ने समय सकिँदा १३ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ मात्रै खर्च गरेको हो। 

    images
    images

    महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षको भुक्तानी गर्ने दिन असार २४ गतेसम्म यो रकम खर्च गर्न  सकेको हो । अन्तिम दिन ४१ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।   

    images
    images

    बजेटमा ११ खर्ब ८३ अर्ब रुपैयाँ चालु खर्च हुने अनुमान गरिएकोमा जम्मा १० खर्ब १ अर्ब रुपैयाँ गरेको छ। पूँजीगत खर्च ३ खर्ब ८० अर्व रुपैयाँ बजेट विनियोजन भएकोमा २ खर्ब १० अर्ब रुपैयाँ छ। एक वर्षमा ५५.२२ प्रतिशत मात्रै खर्च भएको छ। वित्तिय खर्च भने ७०.७५ प्रतिशत छ। 

    सरकारले ६३.६२ प्रतिशत मात्रै राजश्व उठाएको छ। १४ खर्ब ३ अर्ब राजश्व उठाउने लक्ष्य राखेकोमा ८ खर्ब ९२ अर्ब रुपैयाँ मात्रै उठेको छ । ५५ अर्ब अनुदान पाउने लक्ष्य सरकारको थियो। तर ४ अर्ब ८० करोड मात्रै प्राप्त भएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार