सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मौद्रिक नीति सार्वजनिक, के छ नयाँ नीतिमा ?(पूर्णपाठ सहित) 

मौद्रिक नीति सार्वजनिक, के छ नयाँ नीतिमा ?(पूर्णपाठ सहित) 

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित लचिलो मौद्रिक नीति ल्याएको जनाएको छ । आज आइतबार चालू आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गर्दै केन्द्रीय बैंकले सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको जनाएको हो ।

साझा पोष्ट
आइतबार, साउन ७ २०८०
  • images
    मौद्रिक नीति सार्वजनिक, के छ नयाँ नीतिमा ?(पूर्णपाठ सहित) 
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित लचिलो मौद्रिक नीति ल्याएको जनाएको छ । आज आइतबार चालू आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गर्दै केन्द्रीय बैंकले सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको जनाएको हो ।

    images
    images

    ‘मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको छ,’ केन्द्रीय बैंकबाट जारी पूर्णपाठमा लेखिएको छ । यस्तै, वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको प्राथमिकता छ ।

    images
    images

    यसबाहेक, ठूला कर्जाहरुको अनुगमन, नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको अधिकेन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिक्ता दिने लगायतका नीति तर्जुमा गरिएको छ । यसका साथै, कर्जाको गुणस्तर तथा पहुँच अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रबद्र्धन गर्नेतर्फ मौद्रिक नीतिलाई सहयोग पुग्ने गरी नियामकीय नीतिहरु तर्जुमा गरिएको छ ।

     सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत रहँदै आएको थियो ।नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ । यसले समग्र ब्याज घटाउन बैंकहरूलाई दवाव पुग्ने छ । त्यस्तै हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बै‌कहरुलाई कर्जा प्रवाह गर्दा लिने दर नै बैंकदर हो ।

    निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ ।राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा भनेको छ,‘ आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ। बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।’
     

    यस्तो छ पूर्णपाठ सहित 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार