सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कान्ति बाल अस्पताल : एउटा बच्चाको खोप अर्कोलाई लगाएपछि

कान्ति बाल अस्पताल : एउटा बच्चाको खोप अर्कोलाई लगाएपछि

काठमाडौं । चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ । आडकै शय्याका एक बालकलाई दिनुपर्ने औषधि अर्कोलाई लगाइदिएपछि जीवनभर शारीरिक रूपमा क्षति बेहोरेका ती बालकलाई क्षतिपूर्ति भराउन सर्वोच्च अदालतले कान्ति बाल अस्पताललाई आदेश गरेको हो । 

साझा पोष्ट
मंगलबार, साउन १६ २०८०
  • images
    कान्ति बाल अस्पताल : एउटा बच्चाको खोप अर्कोलाई लगाएपछि
    images

    काठमाडौं । चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ । आडकै शय्याका एक बालकलाई दिनुपर्ने औषधि अर्कोलाई लगाइदिएपछि जीवनभर शारीरिक रूपमा क्षति बेहोरेका ती बालकलाई क्षतिपूर्ति भराउन सर्वोच्च अदालतले कान्ति बाल अस्पताललाई आदेश गरेको हो । 
    न्यायाधीश हरिप्रसाद फुंयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ माघ २५ गते गरेको फैसलाको पूर्णपाठ हालै आएको हो । कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीका कारण ८ महिनाको बालकको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि भएको थियो ।

    images
    images

    त्यसपछि बच्चाका बुवालाई जिल्ला प्रशासन कार्यालयले १५ लाख रूपैयाँ दिने निर्णय गरेको थियो । त्यसमा चित्त नबुझेपछि बच्चाका बुबाले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

    images
    images

    उच्च अदालतले १५ लाख रूपैयाँ दिने निर्णय सदर गरेको थियो । त्यसपछि सर्वोच्चमा मुद्दा दोहोऱ्याई पाऊँ भन्दै निवेदन दर्ता भएको थियो । सर्वोच्चले उच्च अदालतको फैसला उल्टाउँदै ३० लाख रूपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको हो । यो समाचार नागरिक दैनिकमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार