सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अर्थतन्त्र अब चलायमान हुन्छ, यो भन्दा बिग्रिने ठाउँ छैन : चन्द्र ढकाल

अर्थतन्त्र अब चलायमान हुन्छ, यो भन्दा बिग्रिने ठाउँ छैन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन्। ढकालले अर्थतन्त्र यो भन्दा तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा लय समात्ने बताए। शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी, निर्मल शर्मा र दीपाश्री निरौलाको ‘आइएनआई सिनेमाज्’को उद्घाटन गर्दै ढकालले अर्थतन्त्र सुधार हुने बताएका हुन् । उनले व्यवसायिक गतिविधि बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने पनि बताए।

साझा पोष्ट
शुक्रबार, भदौ २९ २०८०
  • images
    अर्थतन्त्र अब चलायमान हुन्छ, यो भन्दा बिग्रिने ठाउँ छैन : चन्द्र ढकाल
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन्। ढकालले अर्थतन्त्र यो भन्दा तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा लय समात्ने बताए।
    शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी, निर्मल शर्मा र दीपाश्री निरौलाको ‘आइएनआई सिनेमाज्’को उद्घाटन गर्दै ढकालले अर्थतन्त्र सुधार हुने बताएका हुन् । उनले व्यवसायिक गतिविधि बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने पनि बताए।

    images
    images

    कोरोना भाइरस महामारीपछि अर्थतन्त्र कमजोर बन्दै गएको बताउँदै उनले व्यवसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आममानिसमा सकारात्मक ऊर्जा थपिने विश्वास जनाए। 

    images
    images

    ‘अहिले कोभिडपछि आर्थिक गतिविधि कम भइरहेको अवस्थामा सिनेमा हल सञ्चालन हुँदा अर्थतन्त्र चलायमान हुने गरी तपाईंहरुले म्यासेज दिनुभएको छ, त्यसका लागि धन्यवाद१’, उनले भने, ‘अहिले कता कता मान्छेहरुलाई पब्लिक कन्फिडेन्स नभइरहेको बेलामा अब आउने दिनमा उत्साहजनक हिसावले बढ्छ भन्ने सन्देश गएको छ। व्यवसायिक गतिविधि जति बढ्छन्, त्यति नै अर्थतन्त्र चलायमान हुँदै जान्छ।आउने दिन राम्रो हुनेछन्। यो भन्दा बिग्रिने अवस्था छैन। अब आउने दिन आर्थिक गतिविधि बढ्नेछ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार