सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न सरकारले बनायो समिति 

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न सरकारले बनायो समिति 

साझा पोष्ट
आइतबार, भदौ ३१ २०८०
  • images
    आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न सरकारले बनायो समिति 
    images

    काठमाडौं । आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता समिति बनाएको छ ।  

    images
    images

    नेपाल चिकित्सक संघले उठाएका माग र घोषणा गरेको आन्दोलनलाई सम्बोधन गर्न संघसँग वार्ता गर्न स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति बनाएर वार्ताका लागि आह्वान गरेको छ ।

    images
    images

    समिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय छ ।  हेटौँडास्थित सन्चो अस्पतालमा दुई जना डाक्टरहरू कुटिएको विषयमा प्रशासनले देखाएको रवैयाको विरोध गर्दै संघले आन्दोलनका कार्यक्रम अगाडि सारेको थियो ।

     यसै क्रममा आइतबार देशभरका आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारिएको छ ।मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार संघका प्रतिनिधिसँग आजै वार्ता गरिनेछ । यस विवादको समाधान वार्ताबाट गर्न मन्त्रालय तत्पर रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

     चिकित्सक संघले विभिन्न ६ बुँदे माग अगाडि सार्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सन्चो अस्पतालमा घटेको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार