सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चिकित्सक संघ र सरकारी टोलीबीच वार्ता सुरु

चिकित्सक संघ र सरकारी टोलीबीच वार्ता सुरु

साझा पोष्ट
आइतबार, भदौ ३१ २०८०
  • images
    चिकित्सक संघ र सरकारी टोलीबीच वार्ता सुरु
    images

    काठमाडौं ।  नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समितिबीच वार्ता सुरु भएको छ ।

    images
    images

    स्वास्थ्य मन्त्रालयमा भइरहेको वार्तामा नेपाल चिकित्सक संघका तर्फबाट वार्तामा अध्यक्ष डा. अनिलविक्रम कार्की, उपाध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. सन्जिव तिवारी, सहसचिव डा. लेसियन महर्जन र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको बताइएको छ । यस्तै सरकारको तर्फबाट डा.विकास देवकोटाको संयोजकत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको टोली सहभागी छ ।

    images
    images

    मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न आइतबार नै मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । 
    हेटौँडास्थित सन्चो अस्पतालमा दुई जना डाक्टरहरू कुटिएको विषयमा प्रशासनले देखाएको रवैयाको विरोध गर्दै संघले आन्दोलनका कार्यक्रम अगाडि सारेको थियो । यसै क्रममा आइतबार देशभरका आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारिएको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार