सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

साउनमा मात्रै भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स 

साउनमा मात्रै भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स 

साझा पोष्ट
आइतबार, भदौ ३१ २०८०
  • images
    साउनमा मात्रै भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स 
    images

     काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय प्रतिवेदनअनुसार यो रेमिट्यान्स  गत वर्षको साउन महिनाको तुलनामा २५.८ प्रतिशत बढी हो ।  

    images
    images

    अमेरिकी डलरमा भने गत वर्षको साउनको तुलनामा यो साउनमा २१.५ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ८७ करोड ९८ लाख डलर पुगेको छ ।  विदेश जानेको संख्या उल्लेख्य बढेकाले रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो ।

    images
    images

    तर यो साउनमा भने अन्तिम श्रम स्वीकृति लिनेको संख्या गत वर्षको साउनको तुलनामा घटेको छ । साउनमा संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिने नेपालीको संख्या १२।१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ ।

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार