सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सरकारसँग चिकित्सकको ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

सरकारसँग चिकित्सकको ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

साझा पोष्ट
आइतबार, भदौ ३१ २०८०
  • images
    सरकारसँग चिकित्सकको ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
    images

    काठमाडौं । सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ।  स्वास्थ्य मन्त्रालयमा भएको दुई पक्षबीचको वार्तामा सहमति भएपछि चिकित्सकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् । 

    images
    images

    काठमाडौंमा भएको वार्तामा सञ्चो अस्पतालका चिकित्सकहरुमाथि भएको कुटपिटमा संलग्नहरुमाथि तत्काल पक्राउ गरेर कारवाही गर्ने सहमति भएको छ ।

    images
    images

    'सञ्चो अस्पताल, हेटौंडामा ड्युटीमा रहेका चिकित्सकहरु विकास थापा र प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरुलाई गृह मन्त्रालयमार्फत सम्बन्धित निकायले तत्काल पक्राउ गरि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन ऐन २०७९० बमोजिम कार्बाही गर्ने साथै पक्राउ परेका ४ जना पक्राउ पुर्जी जारी भएका ५ जनासहित अन्य दोषीहरुलाई सोही ऐन बमोजिम कार्बाही प्रक्रिया अगाडि बढाउने,' सहमति भएको हो ।

    सहमतिमा चिकित्सक संघले सुरु गरेको आन्दोलनको सबै कार्यक्रम फिर्ता लिने उल्लेख छ ।

    डेंगी भएको बिरामीको निधन उपचारको क्रममा भरतपुरमा निधन भएपछि उनीहरुको परिवारले भदौ २७ गते उपचारमा लापरवाही गरेको भन्दै चिकित्सकहरुमाथि कुटपिट गरेका थिए ।

    त्यसैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन २०७९० को प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन २०७९० को दफा ५ बमोजिमको ुस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिु लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार