सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आज पनि काठमाडौंमा डाक्टरहरुको प्रदर्शन

आज पनि काठमाडौंमा डाक्टरहरुको प्रदर्शन

साझा पोष्ट
बिहीबार , असोज ११ २०८०
  • images
    आज पनि काठमाडौंमा डाक्टरहरुको प्रदर्शन
    images

    काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी राखेका छन् ।  अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकले केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्  ।  

    images
    images

    उनीहरुले आज नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् । बबरमहल तर्फबाट आएको चिकित्सकहरुको जुलुश नयाँबानेश्वर चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोक्दा ठेलमठेल भएको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

    images
    images

    चिकित्सकहरुले भने आफूहरुको प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरेका थिए । तर प्रहरीले निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिने भन्दै उनीहरुलाई रोक्यो । प्रहरीले रोकपछि  चिकित्सकहरुले ‘प्रहरी दमन बन्द गर’ भन्दै नारा लगाए । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।

    dr_aandolan_1.jpg
    dr_aandolan_2.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार