सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सिटी एक्सप्रेसले ल्यायो ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना

सिटी एक्सप्रेसले ल्यायो ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना

साझा पोष्ट
आइतबार, असोज १४ २०८०
  • images
    सिटी एक्सप्रेसले ल्यायो ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना
    images

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै उपहार योजना घोषणा गरेको छ । 

    images
    images

    ग्राहकसँग पर्वको खुशी साट्न सिटी एक्सप्रेसले लगातार ६१ दिन सम्म चल्ने “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना घोषणा गरेको हो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई जनही रु १००,००० ,  हरेक हप्ता ५ जनालाई जनही रु २५,००० प्रदान गरिनेछ । 

    images
    images

    साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेतालाई  जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने छन् ।  यो अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ ।

    यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने पनि संस्थाले प्रष्ट पारेको छ । 

    सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार