सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालको आर्थिक वृद्धिदर सुधार हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर सुधार हुने विश्व बैंकको प्रक्षेपण

साझा पोष्ट
मंगलबार, असोज १६ २०८०
  • images
    नेपालको आर्थिक वृद्धिदर सुधार हुने विश्व बैंकको प्रक्षेपण
    images

    काठमाडौं ।  विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । आज सार्वजनिक भएको ‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनःस्थापना’चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले  सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने र सन् २०२५ सम्ममा ५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
    नयाँ आयोजनाहरू सञ्चालन गरी जलविद्युत उत्पादनको निरन्तर विस्तारले औद्योगिक क्षेत्रमा बलियो वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ । कमजोर वित्तीय कार्यसम्पादनका कारण सर्वजनिक ऋण बढेर कुल ग्रार्हस्थ उत्पादनको ४१.३ प्रतिशत पुगेको विश्व बैंकले उल्लेख गरेको छ ।

    images
    images

    त्यस्तै थोक तथा खुद्रा व्यापारले आयात प्रतिबन्ध हटाएर सेवा क्षेत्रको वृद्धिलाई बढावा दिने, पशुपन्छीमा लम्पी स्किन रोगको प्रभाव र धान उत्पादनमा आएको ह्रासका कारण चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि सुस्त हुने अनुमान गरिएको छ । विश्व बैंकले मुद्रा स्फीति अर्थात मूल्यवृद्धि पनि उच्च रहने प्रक्षेपण गरेको छ ।

    images
    images

     विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा  आयात प्रतिबन्ध हटेको, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपनलगायतका कारणले सन् २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर तीन दशमलव नौ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

    अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका  कारण हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फीतिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्तीलगायतका जोखिमहरू पनि विद्यमान रहेकोतर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।  
    प्रतिवेदनमा नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार