सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब, १ वर्षभन्दा बढीको वस्तु खरिद गर्न पुग्ने

नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब, १ वर्षभन्दा बढीको वस्तु खरिद गर्न पुग्ने

साझा पोष्ट
मंगलबार, असोज ३० २०८०
  • images
    नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब, १ वर्षभन्दा बढीको वस्तु खरिद गर्न पुग्ने
    images

    काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी  दिएको हो । 

    images
    images

    साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो सञ्चिति आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना (असार)को तुलनामा ३.९ प्रतिशत धेरै हो । अमेरिकी डलरमा भदौ मसान्तसम्म १२ अर्ब १ करोड विदेशी मुद्रा सञ्चिति  देखिएको छ । यो असारको तुलनामा २.६ प्रतिशत धेरै हो ।

    images
    images

    अब १ वर्ष भन्दा बढिको वस्तु खरिद गर्न सक्ने बैदेशिक मुद्रा थुप्रिएको छ। आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ । 

    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति  थियो। साउन र भादौ महिनामा ३.९ प्रतिशतलेवृद्धि भई १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ।
    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ। 
    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० भदौ मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई रु १४खर्ब ०६ अर्ब ५२ करोड पुगेको छ। 

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० भदौमसान्तमा ०.६ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ३८ करोड कायम भएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार