सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

साझा पोष्ट
शुक्रबार, कात्तिक १७ २०८०
  • images
    आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
    images

    काठमाडौं । सरकारले आज र भोलि (शुक्रबार र शनिबार) बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनको लागि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ।

    images
    images

    यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गतआज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। 

    images
    images

    सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर, यस वर्ष कात्तिक २ र ३ गते दसैँ  परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो।

    कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनाका बाल बालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको महाशाखाले जनाएको छ।  

    देशभरीका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ। महाशाखाले नजिकैको वितरण केन्द्रमा गई आफ्ना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ। 

    सरकारले भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन सुरु गरेको हो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार