सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पाटन अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

पाटन अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

साझा पोष्ट
मंगलबार, कात्तिक २१ २०८०
  • images
    पाटन अस्पतालमा आकस्मिकबाहेक सबै सेवा  ठप्प
    images

    काठमाडौं ।  काठमाडौं । पाटन अस्पतामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् ।

    images
    images

    गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।

    images
    images

    गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट एन्टिबायोटिक औषधि दिएको पाँच मिनेटमै मृत्यु भएपछि मृतकका आफन्तले उपारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।


    सोही घटनाको विरोधमा पाटन अस्पतालका चिकित्सक र स्वास्थ्कर्मी आन्दोलित भएका हुन्। 

    अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्क तथा स्वाथ्यकर्मीको तर्फबाट सोमबार जारी विज्ञप्तिमा कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएसम्म र दोषीलाई पकाउ गरेर कारबाही नभएसम्म आकस्मिक बाहेकका सबै उपचार सेवा बन्द गर्ने उल्लेख छ। 

    चिकित्सक र स्वास्थ्यकर्मीले उपचारमा संलग्न डाक्टर र नर्सलाई कुटपिट, गालीगलौज, दुव्र्यवहार र ज्यान मार्ने धम्की दिँदै बन्धक बनाइ स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्याएको र प्रशासनले दोषीलाई पक्राउ गरेर कारबाही नगरेको आरोप लगाएका छन्।

    patan.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार