सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

तीन महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढ्यो

तीन महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढ्यो

साझा पोष्ट
शुक्रबार, कात्तिक २४ २०८०
  • images
    तीन महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढ्यो
    images

    काठमाडौं । तीन महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढेको छ ।

    images
    images

    चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको हो ।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा अमेरिकी डलरमा भने यस्तो सञ्चिति ५.३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ बराबर छ भने अरु बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ बराबर छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार