सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी आयकर तिर्ने बैंक

ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी आयकर तिर्ने बैंक

साझा पोष्ट
बिहीबार , मंसिर ७ २०८०
  • images
    ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी आयकर तिर्ने बैंक
    images

    काठमाडौं। ग्लोबल आइएमई बैंक सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ। बैंकले आर्थिक वर्ष २०७८-७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको छ ।

    images
    images

    आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबललाई सम्मान गरेको हो।

    images
    images

    कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरे।

    ग्लोबल आइएमई बैंक विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित छ। हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ  छ ।सन् २००७ मा वाणिज्य बैंकका रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको बैंकले विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति गरी सबल बनेको छ।

    व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य सन् २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ । 

     ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४२ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार