सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चार महिनामा प्राधिकरणले साढे १२ अर्बको बिजुली बेच्यो 

चार महिनामा प्राधिकरणले साढे १२ अर्बको बिजुली बेच्यो 

साझा पोष्ट
बिहीबार , मंसिर ७ २०८०
  • images
    चार महिनामा प्राधिकरणले साढे १२ अर्बको बिजुली बेच्यो 
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विजुली भारत निर्यात गरेको छ ।  चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा प्राधिकरणले १२ अर्ब ५० करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरेको हो ।

    images
    images

    अघिल्लो आर्थिक वर्षको  सोही अवधिको तुलनामा यस वर्ष प्राधिकरणले ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ बढीको विद्युत् बेचेको छ ।

    images
    images

    प्राधिकरणले गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो । 

    प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार